जब कुमारले नेहरुको स्याबासी पाए
उपेन्द्र अर्याल
शनिबार, १४ बैशाख २०७६
दिल्लीमा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले लोकगायक कुमार बस्नेतको गीत सुनेपछि उनलाई स्याबासी दिँदै भने, ‘राम्रो गाउँदा रहेछौ, अझै राम्रो गाउनू ।’ उनी यस दिनलाई जिन्दगीको स्वर्ण दिन भन्छन्।
नेपाली लोकगीतमा चर्चित नाम हो, कुमार बस्नेत।करिब ७५ वर्षअघि कमलपोखरी, काठमाडौँमा जन्मिएका थिए, उनी।आमा मनकुमारीले आँगनमा कुचो लगाउँदालगाउँदै आफूलाई जन्माएको उनी सुनाउँछन्।‘आमा भन्नुहुन्थ्यो ‘तँलाई त कुचो लगाउँदालगाउँदै जन्माएकी थिएँ,’’ कुमारले भने, ‘म जन्मँदा बुबा घरमा थिएनन्।आर्मीमा भएकाले दोस्रो विश्व युद्ध लड्न विदेशतिर गएका थिए।त्यसबेला आमालाई साथ दिने कोही थिएन ।’
एक्लैले छोरालाई हुर्काउन आमालाई गाह्रो भयो।‘आमाले हुर्काउन नसकेपछि हजुरआमाले मलाई दोलखा लैजानुभयो,’ उनले भने।दोलखा उनको पुख्र्यौली घर थियो।त्यहीँ उनको बाल्यकाल बित्यो।‘पुख्र्यौली घरमै कखग पढ्दै हुर्किएँ,’ उनले सम्झिए।२००६ सालतिर उनी काठमाडौँ आए।कक्षा ६ सम्म पढे।पढाइसँगै उनको रुचि गीत–संगीतमा पनि थियो ।
कुरा २००८ सालतिरको हो।राष्ट्रिय नाचघरका निर्देशक भैरवबहादुर थापा थिए।कुमारले उनलाई भेट्ने मौका पाए।नाचघरका नृत्य निर्देशक पनि भएकाले थापाले कुमारलाई नाच्न प्रेरित गरे।‘उहाँको प्रेरणाले नाच्न थालेँ,’ उनले सुनाए, ‘त्यो बेला नेपालमा खासै नृत्यको चलन थिएन ।’ नाचघरमा हँुदा नाच्ने, गाउने र बजाउने तीनै काम कुमारले गर्थे।‘मेरो कलाकारिताको यात्रा राष्ट्रिय नाचघरबाट सुरु भयो,’ उनले भने, ‘त्यस बेला गीत–संगीत क्षेत्र धेरै अगाडि बढेको थिएन ।’
बुबाको सरुवा तौलिहवा भएपछि उनी पनि सँगै गए।तौलिहवामा तीन वर्षजति बसेको उनी बताउँछन्।त्यसपछि बुबाको सरुवा भैरहवा भयो।त्यहाँ उनी फुटबलतिर लागे।‘नृत्य र गीतसँगै फुटबल खेलमा पनि उत्तिकै रुचि थियो मेरो,’ उनले भने, ‘जीवनमा फुटबल खेलाडी पनि भएँ ।’ गीत गाउने÷नाच्ने वातावरण नमिलेपछि केही समयका लागि उनको नाचगान रोकियो।
‘मोफसलमा हुँदा केही समय नाचगान रोकिए पनि काठमाडौँ आएपछि विभिन्न कार्यक्रममा धुमधामसँग नाचियो÷गाइयो,’ उनले सम्झिए, ‘एउटा कार्यक्रममा धर्मराज थापा दाइ पनि हुनुहुन्थ्यो।उहाँलाई मैले गाएको गीत मन प¥यो ।’ त्यस बेला थापा रेडियो नेपालमा लोकगीतको कार्यक्रम चलाउँथे।‘दाइले मेरो गीत मन पराएर रेडियो नेपालमा गाउन बोलाउनुभयोे,’ उनले भने, ‘त्यसपछि सबैले मेरो गायकीको प्रशंसा गरे ।’
२०१५ सालमा रेडियो नेपालले गीत रेकर्र्ड गर्न कलकत्ता पठाउन उम्मेदवार छनोट गर्ने भयो।रेडियो नेपाल बाहिरबाट नारायणगोपाललगायत उनले पनि आवेदन दिएका थिए।‘रेडियो नेपाल बाहिरबाट छनोट हुनेमा म मात्र परँे,’ कुमारले भने, ‘नारायणगोपाल पनि फेल भए ।’
रेडियो नेपालले उनलाई दुई वटा गीतका लागि छानेको थियो, लोकगीत ‘एउटा चौतारी’ र आधुनिक गीत ‘रिमरिम पानी पर्ला’।गीत रेकर्ड गरेर निस्केपछि आफू एकदमै नर्भस भएको उनले सम्झिए।‘गीत रेकर्ड गरेर निस्केपछि पूरै नर्भस भएँ,’ उनले भने, ‘मुटुकलेजो केही पनि छैन जस्तो भएको थियो ।’
नेहरुको स्याबासी
कुमारले घरमा नाच्न÷गाउनलाई खासै राम्रो वातावरण पाएनन्।‘नाचगानतिर लागे छोरो बिग्रन्छ भनेर बुबाले बेला–बेलामा गाली गरिरहनुहुन्थ्यो,’ उनले भने।२०१५ सालतिर उनी दोलखा गए।त्यहाँ उनी बिरामी परे।‘गाउँमा चौरीगोठ, भेडागोठ, हिमाल सबैतिर घुम्न थालेँ,’ उनले सुनाए, ‘घुम्दाघुम्दै दोलखाको अलि–अलि गीत संकलन गरेँ ।’
त्यसपछि उनी बिस्तारै नाच्ने, गाउने र बजाउने तीनटै कलामा पोख्त भए।त्यही बेला उनले एउटा कार्यक्रममा नेपालको प्रतिनिधि भएर राजा महेन्द्रसँग दिल्ली जान पाएँ।‘म सहभागी भएको कार्यक्रममा भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘कार्यक्रममा ‘च्याङ्वा त मेरो नाम हो’ भन्ने गीत गाएँ।नाचेँ पनि।मेरो प्रतिभा देखेर नेहरु छक्क परे।खुशी भएर प्रधानमन्त्री नेहरुले मलाई स्याबासी दिँदै ‘बेटा तुम अच्छा करते हो, और अच्छा करो’ भने।त्यो दिन मेरो जिन्दगीको गोल्डेन डे थियो ।’
राष्ट्र बैंकको जागिर
दिल्लीबाट फर्केपछि कुमारले जापानको एउटा रिसर्च समूहसँग गीत–संगीतको काम गर्ने मौका पाए।‘तिनीहसँग काम गर्दा थाहा भयो उनीह गीत–संगीतको क्षेत्रमा कति अगाडि छन् भनेर,’ उनले सम्झिए, ‘त्यो जापानी समूहबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ।लोकगीतबारे ज्ञान प्राप्त गरेँ, गिटार बजाउन सिकेँ ।’
त्यहाँबाट उनी लोक र आधुनिक गीतमा सक्रिय भए।विभिन्न संस्थाले आयोजना गर्ने गायन प्रतियोेगितामा पनि भाग लिइरहन्थे।‘एक पटक एउटा गायन प्रतियोगितामा मैले गंगादेवीसँग मिलेर ‘ओई नाना ओई नाना’ बोलको गीत गाएको थिएँ,’ उनले भने, ‘त्यो गीतबाट म पहिलो नम्बरमा छानिएँ ।’ पछि उनले त्यो गीत रेकर्ड पनि गराए।गीत रेकर्ड भएसँगै उनको चर्चा चुलियो।‘सन् १९७४ मा अन्तर्राष्ट्रिय फोक डान्स फेस्टिभलका लागि जर्मनी गएँ,’ उनले भने, ‘फेस्टिभलमा अन्य कलाकारको तुलनामा आफू धेरै कमजोर भएको महसुस गरेँ ।’
फेस्टिभलमा १ सय १२ देशका कलाकार सहभागी थिए।सुरुमा आफूलाई कमजोर महसुस गरेका कुमार नै प्रतियोगितामा पहिलो भए।‘प्रतियोगितामा ‘हाई हाई सानोमा सानो’ बोलको तामाङ गीत गाएको थिएँ,’ उनले सुनाए।प्रतियोगितापछि उनी नेपाल फर्किए।‘त्यस बेला नेपालमा गीत मात्र गाएर जीवन चलाउन गाह्रो थियो,’ उनले सम्झिए, ‘त्यतिखेर गीत गाएबापत सात रुपैयाँ पाइन्थ्यो।त्यो सात रुपैयाँले के–के चाहिँ गर्ने ?’
गायन क्षेत्रबाट जीविका नचल्ने महसुस भएपछि उनलाई जागिरको आवश्कता महसुस भयो।‘जागिरका लागि भौँतारिरहेको बेला राष्ट्र बैंकमा कर्मचारी आवश्यकता भएको थाहा पाएँ,’ उनले भने, ‘राष्ट्र बैंकको जागिरका लागि आवेदन दिएँ ।’ उनी खरिदारसरहको पदका लागि छनोट भए।‘२०२० सालतिर सरुवा भएर सञ्चय कोषमा गएँ,’ कुमारले भने, ‘सञ्चय कोषमा सरुवा भएसँगै त्रिचन्द्र क्याम्पसमा आईएमा भर्ना भएर पढ्न थालेँ ।’
जागिर सँगसँगै उनले गायनलाई पनि निरन्तरता दिइरहे।त्यस समयमा देशभरका अधिकांश कलाकार राष्ट्रिय नाचघरमा भेला हुने गरेको उनी बताउँछन्।नाचघरमा हुने कार्यक्रममा उनी पनि सहभागी हुन्थे।‘राष्ट्रिय नाचघरमा हुने विभिन्न कार्यक्रमबाट मैले धेरैसँग चिनजान गर्ने मौका पाएँ,’ उनले सम्झिए, ‘सबैले प्रशंसा पनि गरेका थिए ।’ गीत गाउन उनी विभिन्न देश पुगिरहन्थे।‘गीत गाउनकै लागि अमेरिका मात्रै १० पल्टभन्दा बढी गएको छु,’ उनले भने ।
संस्कृति जोगाउन लोकगीत
ह्याम्स नामक अन्तर्राष्ट्रिय संस्थामा जोडिएपछि लोकगीत गाउने प्रेरणा मिलेको उनी बताउँछन्।‘यस संस्थाका साथीहले नेपालमा धेरै संस्कृति भएकाले त्यही पारामा गीत गाउन सुझाए,’ उनले भने, ‘अनि म आफ्नो देशको मौलिक गीत खोज्न थालेँ ।’ मेचीदेखि महाकालीसम्म घुमेर कुमार नयाँ–नयाँ संस्कृति र मौलिकपन खोज्न थाले।‘त्यसपछि गीत त कति गाइयो कति पत्तै भएन,’ उनले भने, ‘इमानदार भएकाले जागिरबाट पनि मलाई हिँड्न÷डुल्न दिइरहन्थे ।’
उनले गाउन थालेको बेलामा बजारमा लोकगीत नभएको उनी बताउँछन्।‘लोकगीत गाउँघरको गाईभैँसी चराउनेको गीत हो,’ उनले भने, ‘काठमाडौँमा त्यस्ता लोकगीत चल्दैनथिए।भजन र पपगीत गाएर ठूलो हुन्थे यहाँ गायक ।’ तर, उनले लोकगीतलाई निरन्तरता दिइरहे।पछि लोकगीतमा पनि कलाकार थपिँदै गएको उनी बताउँछन्।‘अहिले भने कुमार बस्नेतले गर्दाखेरी गाउँघरको गीत शहर पस्योे भन्ने जस पाएको छु,’ उनले भने, ‘तर, लोकगीत शहर मात्रै पसेन अन्तर्राष्ट्रिय नै भयो ।’
लोकगीत गाउन धेरै दुःख गर्नुपरेको उनी बताउँछन्।‘लोकगीत गाउन गरेको दुःख सम्झिँदा अहिले पनि दुःख लाग्छ,’ उनले भने, ‘कति दिन त भोकभोकै हिँड्को छु ।’
कुमारले लोकगीत मात्र होइन, दोहोरी गीत पनि गाए।‘त्यो बेला दोहोरी गीत पनि बजारमा थिएन,’ उनले भने, ‘त्यस बेला पूर्वतिर जुहारी खेल्ने भन्थे ।’ पश्चिममा मात्र दोहोरी भन्ने चलन रहेको उनी बताउँछन्।त्यसपछि दोहोरी गीतमा तीनचार वर्ष मेहनत गरे उनले।‘मायालाई बाटैमा भेटियो’ बोलकोे पहिलो दोहोरी गीत गाए
।त्यो गीतबाट उनले प्रशस्तै प्रशंसा बटुले।‘अहिले सम्झिँदा छक्क पर्छु,’ उनले भने, ‘त्यस बेला मैले सुरु गरेको दोहोरी गीतमा अहिले २८ हजार त दोहोरी गायक मात्र पुगिसकेछन् ।’ लामो समय सांगीतिक क्षेत्रमा लागेका उनी ५२÷५५ सालपछि भने ओझेल पर्दै गए।‘अहिले भित्रभित्रै गीत गाइरहेको हुन्छु,’ उनले भने्, ‘अहिले यो क्षेत्रका नयाँ कलाकारसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले बाहिर गाउँदिनँ ।’
छाडा गीतको आरोप
उनले गाएका ‘आमाभन्दा छोरी तरुनी’ लगायत केही गीतलाई स्रोताले छाडा गीत भनेको उनी बताउँछन्।तर, ती गीत छाडा नभएको उनको तर्क छ।‘गीतको भाव नबुझेर छाडा गीत भनेको हो,’ उनले भने, ‘गीतका माध्यमबाट समाजमा भएका कुरा देखाउन खोजिएको हो ।’ समाजको चरित्र गीतमा देखाएको हुनाले छाडा भन्न नमिल्ने उनको तर्क छ।
‘ती गीत गाएपछि चेलिबेटीलाई जथाभावी गरेको जस्तो गरेर गाली गरियो,’ उनले भने, ‘पछि एक जना नेताले टिप्पणी गरेर त्यो गीत बन्द पनि गरे।तर खोई अहिलेसम्म पनि बजिरहेकै छ ।’ लोकगीत गाउँदा स्थानीय लवजको प्रयोग गरेर गाउनुपर्ने उनको भनाइ छ।‘छाडा भनिएका ती गीतमा हाम्रो गाउँघरमा बोलिने भाषा मैले प्रयोग गरेको हुँ,’ उनले भने ।


No comments: